बैंक तथा
वित्तीय संस्थाको ऋण असुलीसम्बन्धी मुद्दाहरु छिटो छरितो ढंगबाट कारवाही र किनारा गर्न
व्यवस्था गर्ने उद्देश्यले लागु भएको बैंक तथा वित्तीय संस्थाको ऋण असुली ऐन, २०५८ को
दफा ८ को उपदफा १ र २ ले दिएको अधिकार प्रयोग गरी नेपाल सरकारले २०६० फागुन ११ गते
नेपाल राजपत्रमा सूचना प्रकाशित गरी ऋण असुली पुनरावेदन न्यायाधिकरणको स्थापना
गरेको हो।
यस पुनरावेदन न्यायाधिकरणको मुकाम काठमाडौं उपत्यकामा रहने र बैंक तथा वित्तीय संस्थाको ऋण असुली ऐन, २०५८ अन्तर्गतका मुद्दाहरुको पुनरावेदन तहको कारवाही र किनारा गर्ने अधिकार रहने गरी तोकिएको छ। नेपाल सरकारले पुनरावेदन अदालतको न्यायाधीश भैसकेको वा भैरहेको वा हुन योग्यता पुगेको कुनै व्यक्तिलाई राजपत्रमा सूचना प्रकाशन गरी पुनरावेदन न्यायाधिकरणको पुनरावेदन सुन्ने अधिकारीको पदमा नियुक्त गर्न सक्ने कानूनी व्यवस्था रहेको छ। यसका साथै पुनरावेदन न्यायाधिकरणको कार्य संचालन गर्नका लागि नेपाल सरकारले आवश्यक कर्मचारी उपलव्ध गराउने गरी तोकिएको छ।
यस पुनरावेदन न्यायाधिकरणले बैंक तथा वित्तीय संस्थाको ऋण असुली ऐन, २०५८ एवम् बैंक तथा वित्तीय संस्थाको ऋण असुली नियमावली, २०५९ बमोजिम बैंक तथा वित्तीय संस्थाको ऋण असुली सम्बन्धी मुद्दाहरुको पुनरावेदन लगायतका अन्य निवेदनहरुको छिटो, छरितो र विशिष्टीकृट रुपमा कारवाही र किनारा गर्ने सम्बन्धमा स्थापनाकाल देखिनै निरन्तर रुपले कार्य गर्दै आएको छ।